Friday, February 22, 2008

सरकार र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीचको वार्ता भंग

सरकार र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीचको वार्ता भंग
सरकार र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीचको वार्ता भंग भएको मधेसी जनअधिकार फोरमका सहसंयोजक जेपी गुप्ताले दावी गर्नु भएको छ । आज राजधानीमा आयोजीत पत्रकार सम्मेलनमा बोल्दै गुप्ताले आफूहरुको मागप्रति सरकार गम्भीर नभएकाले वार्ता भंग भएको घोषणा गर्नुभएको हो ।
मोर्चा र सरकारबीच जारी वार्ता भंग भइसकेको बताउँदै गुप्ताले हामीले लचकता प्रस्तुत गरेपनि सरकारले माग पूरा गर्नेतर्फ गम्भीरता नदेखाएपछि वार्ता भंग गर्न वाध्य भएको बताउनु भयो ।
आत्मनिर्णयको अधिकार सरकारलाई आपत्ती भए सारमा त्यस्तै आशयको शब्द प्रस्तुत गरी एक मधेश एक प्रदेशको ग्यारेन्टी गर्न भन्दा पनि सरकारले अस्वीकार गरेको बताउनुभयो । स्वायत्त राज्यको ग्यारेन्टी गर्न अन्तरिम संविधानमा अध्यादेशमार्फत भएपनि सम्बोधन गर्न भन्दा सात दलका नेताले हस्ताक्षर गर्ने या प्रधानमन्त्रीले त्यसलाई देशवासीका नाममा सम्बोधन गर्ने भनिएपछि सरकार आफूहरुको छ बुंदे मागप्रति गम्भीर छैन भन्ने देखिएको गुप्ताको आरोप थियो । गुप्ताले आफूहरुले पूर्ण समानुपातिक निर्वाचन प्रणाली, जनगणना, संसद बिघटन, वर्तमान सरकार बिघटनलगायतका माग छाडी लचकताका साथ प्रस्तुत हुंदा पनि कमजोरी ठानिएको बताउनुभयो ।
उहांले जर्बजस्ती चुनाव गर्न खोजे गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिदै चुनावमा भाग नलिने स्पष्ट पार्नुभयो ।
भारतीय राजदूतावासमा आफूहरुको आग्रहमा नभई प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको आग्रहमा वार्ता भएको खुलासा गर्नुभयो । राजदूतावासमा वार्ता गर्ने परिस्थिति प्रधानमन्त्रीकै कारण सृजना भएको गुप्ताको भनाई थियो । राष्ट्रिय जनशक्ति पार्टीका सहअध्यक्ष डा।प्रकाशचन्द्र लोहनी सबैलाई सहभागी नगर्राई चुनाव गर्न खोजे मुलुक बिखण्डन हुनसक्ने खतरा औल्याउनुभयो ।
आफूहरु चुनावविरोधी नभएको दाबी गर्दै भन्नुभयो, मूल कुरा सबैलाई सहभागी गराउनुपर्छ भन्ने हो । चुनावले समस्या समाधान हुन्छ भन्ने ग्यारेन्टी नभएको बताउनुभयो । केन्यामा चुनावका कारण हिंसा भड्किएको उल्लेख गर्दै नेपालमा पनि त्यस्तै परिणाम आउनसक्ने बताउनुभयो । एक मधेश एक प्रदेशको मागप्रति राजपाको धारणा के छ भनी सोध्दा लोहनीको भनाई थियो, सबैले सबै किसिमका माग राख्न सक्छन्, मूल कुरा संविधानसभामा कसरी सबैलाई सहभागी गराउने भन्ने विषय हो । नेकपा माओवादीका डेपुटी कमाण्डर वर्षमान पुन अनन्तले एक मधेश एक प्रदेशको टुंगो संविधानसभाले मात्र लगाउनसक्ने बताउनुभयो । आफूहरु आत्मनिर्णयको अधिकारसहित स्वायत्त प्रदेशको पक्षमा रहेको स्पष्ट पार्दै कस्तो प्रदेश बन्ने भन्ने कुरा जनताको मतले मात्र टुंगो लगाउन सक्ने बताउनुभयो । उहांले चुनौती दिदै भन्नुभयो, एक मधेश एक प्रदेशका पक्षधरले चुनावबाट त्यसका विरोधीलाई बर्डार्न सकुन् ।
विगतमा आफूहरुले आत्मनिर्णयको अधिकारसहित जातीय, क्षेत्रीय, भाषिक आधारमा स्वायत्त प्रदेश बन्नुपर्छ भन्दा बिखण्डनकारीको आरोप लगाउनेहरु मधेश आन्दोलनको प्रवक्ता बनेको देख्दा आश्चर्यचकित भएको बताउनुभयो । उहांले भन्नुभयो,'जनतालाई अधिकारसम्पन्न बनाउने विषय उठाउदा हामीलाई बिखण्डनकारी र तानाशाही भन्नेहरु आज मधेश आन्दोलनका प्रवक्ता भएका छन् ।' चैत २८ गते चुनाव हुनैपर्ने बताउदै चुनाव बिथोल्न खोज्ने इतिहासमै कलंकित हुने चेतावनी दिनुभयो ।

मधेसी दलका नेताहरु आखिर किन गए भारतीय दुतावासको शरणमा ?

मधेसको अधिकारको माग गर्दै १० दिनदेखी मधेस बन्द गराएका मधेसी दलका नेताहरु आखिर किन गए भारतीय दुतावासको शरणमा ?

  1. मधेसको अधिकारको माग गर्दै १० दिमधेसको अधिकारको माग गर्दै १० दिनदेखी मधेस बन्द गराएका मधेसी दलका नेताहरु आखिर किन गए भारतीय दुतावासको शरणमा ? नदेखी मधेस बन्द गराएका मधेसी दलका नेताहरु आखिर किन गए भारतीय दुतावासको शरणमा ?
  2. नेपाली कांग्रेसका नेता र मधेसी नेताहरु मात्र किन वार्तामा ?
  3. भारतिय अधिकारीहरुको आडमा के प्रस्ताव ल्याएका छन मधेसी दलका नेताले ?
  4. के मधेसको आन्दोलन अधिकारका लागि नै हो त ?


केही दिनदेखी संचारमाध्ययमा एक समाचारले बढो प्राथमिकता पाएको छ । मधेसको समस्या समाधानका लागि नेपालमा रहेको भारतिय दुतावासमा नेपाली कांग्रेस र मधेसका नेताहरु भारतिय अधिकारीको रोहवरमा वार्ता गरिरहेका छन ।
अचम्म । समस्या नेपालको समाधान भारतिय राजदुतावासभित्र खोिजंदै छ । विचार मधेसी जनताको अधिकारका लागि लडेको दावी गर्ने नेताहरु कत्ति लाचार रहेछन । उनीहरुले सबैका सामु प्रष्टै पारे आखिर उनीहरुको गुरु चै को हो भनेर ।
मधेसी नेताहरुका लागि अब शुरक्षित स्थान भनेको भारत मात्र रहेछ भन्ने यसको प्रमाण हो । बाहिर भयो न के हो के हो । बार्गेनिगं गर्न पनि नसक्ने । कमसेकम दुतावास भित्र भएपछि त अन्य दलका नेतालाइ गलाउन पनि सकिन्छ । त्यस्तै परे देश टुक्राएर भारतमा विलय गराउने चेतावनी पनि दिन सकिन्छ ।
मधेसको समस्या समाधान गराएवापत भारतले के पाउने त्यसको हिसाव किताव पनि सहजै गर्न सकिन्छ दुतावास भित्र गयो भने । यदी हैन समस्या समाधानको पहल हो भने किन दुतावास नै रोजियो वार्ताका लागि ?
अनी विचरा नेताहरु मधेसका नेताले जता भन्यो त्यतै लुरुलुरु जान बाध्य छन । मधेसका नेताहरु भारतको आडमा छाति फुलाएर बसिरहेका छन अनी कांग्रेसका महेश आचार्यशेखर कोइराला र अमोद उपाध्याय निरिह बनेर हां जी हां जी भन्न बाध्य छन । सोच्दै दिमाग तिल्मीलाउंछ । िदंगदिगं लाग्छ । अनी कहिले कांही यस्तो निरिह नेताहरु भएको देशमा जन्म लिएकोमा आफैलाइ धिक्कार्न मन लाग्छ । पटक पटक मनले भन्छ-थुक्क म ।
यसले देखाउंछ तराइमा भइरहेको अशान्तीको पछाडि को रहेछ भन्ने । भारतले मधेस समस्या समाधानका बारेमा कुरा उठ्यो कि आफुलाइ अलग राख्ने प्रयासमा सधै लागिरहेको नै हो । तर अन्तमा यदी भारतले चाहने हो भने मधेसको समस्या सहजै समाधान हुने रहेछ भन्ने पनि यसले देखाएको नै हो ।नत्र किन भारतिय पक्षको रोहवरमा भारतिय एम्बेसी भित्र नेपालको समस्या समाधानको बाटो खोजिन्छ त्यो पनि केभि राजन एसडि मुनि जस्ता खुंखार भारतियहरुको प्रत्यक्ष निर्देशनमा ?के यसले स्पष्ट हुन्न अहिले मधेसको अधिकारको नारा अलापीरहेका महन्थ ठाकुर उपेन्द्र यादव र राजेन्द् महतोहरु प्रत्यक्ष रुपमा भारतको एजेन्टको रुपमा राजनीतिक नाराको भरमा नेपालको सार्वभौमसत्ताको दलाली गरिरहेको ? के यही हो उनीहरुको अधिकार ?
बढो दुःखलाग्दो अवस्था छ । तराइ बलिरहेको छ । अत्यावश्यक सामागि्रको अभावमा सामान्य नागरिकको मनभित्र पनि विद्रोहको विउ झांगिदै गइरहेको छ । त्यो विद्रोह झिल्कोको प्रतिक्षामा छ । कसैले झिल्को लगाइदियो भने यस अगाडि भएका सबै आन्दोलन विर्साउने छ । अनी यसको जस कुनै दलको मण्डलीले नपाउने निश्चित छ नै ।
Posted in केपिको तिर

पूर्वमन्त्री नारायणसिंह पुनको निधन

पूर्वमन्त्री नारायणसिंह पुनको निधन

नेपाल समता पार्टीका पूर्व अध्यक्ष एवं शाहीकालिन मन्त्री नारायणसिंह पुनको ५९ वर्षको उमेरमा आज मृत्यु भएको छ ।
लामो समयदेखि दुवै मृगौलामा संक्रमण देखिएपछि नयाादिल्लीस्थित एपोलो अस्पतालमा उपचार गराइरहेका पुनको आज मृत्यु भएको उहााको पारिवारीक स्रोतले जनाएको छ ।
असोज १८ र माघ १९ पछिको राजाको सासनकालमा विभिन्न मन्त्रालय सम्हाल्नुका साथै माओवादीसंगको वार्ता टोलीको नेतृत्व समेत गरेका पुन नेपाली सेनाका पूर्व कर्णेल समेत हुन् ।
२०५० सालमा लेफ्टिनेन्ट कर्णेलवाट राजीनामा दिएर नेपाली कांग्रेसको राजनितिमा होमिएका उनले २०५६ सालमा नेपाली कांग्रेसका तर्फवाट म्याग्दी जिल्लावाट निर्वाचित भएका थिए । कृण्णप्रसाद भट्टराइको प्रधानमन्त्रीत्वमा रहेको मन्त्रीमण्डलमा समेत उनी संस्कृति पर्यटन तथा नागरिक उडययन राज्यमन्त्री वनेका थिए ।
पछिल्लो समयमा राजनिति र ब्यापार दुवैमा असफल वनेका पुनले अन्तत आफ्नो महत्वकांक्षी राजनितिक जीवनलाइ समाप्त गरेका छन् । मुलुकमा लोकतन्त्र स्थापनापछि चुप रहेका उनी गत मंसिरमा पार्टी अध्यक्षवाट समेत हटाइएका थिए । उनको निजी स्वामित्वमा रहेको कर्णाली एयर अझैपनि संचालनमा रहेको छ ।
पूर्व मन्त्री नारायणसिंह पुनका बारेमा पूर्ण जानकारीका लागि गएको आइतबार कान्तिपुर पब्लिकेशन्सको नेपाल अंकमा प्रकाशित लेखलाई साभार गरी यहां पुनः प्रकाशित गरिएको छ ।साभार : नेपाल साप्ताहिक, फेव्रुअरी १७ असफल खेलाडी
यशोदा तिम्सिना
शाही शासनमा मुलुकलाई 'द्वन्द्वपुरबाट शान्तिनगर'तिर लैजाने अभिभारा पाएका कर्र्णोल नारायणसिंह पुन, ५९, अहिले कहा“ होलान् - सेनामा तीन दशक र सक्रिय राजनीतिमा एक दशक बिताएका पुन किन गुमनाम स्थितिमा छन् -
धेरैलाई थाहा नहुन सक्छ, नेपाली सेनाको प्राविधिकतर्फलेफ्टिनेन्ट कर्र्णोल पदमा रहेर हेलिकप्टर उडाउ“दा-उडाउ“दै राजनीतिक मैदानमा अवतरण गरेका पुनको र्सार्वजनिक जीवन मात्र धराशयी भएको छैन, निजी जीवनसमेत सङ्कटग्रस्त बन्न पुगेको छ । दुइटै मिर्गौलाले काम नगरेपछि भारत, नया“दिल्लीको अपोलो अस्पतालमा उनको उपचार भइरहेको चार महिना भइसकेको छ । र, हालै कान्छी पत्नी सविनाको मिर्गौला पुनमा सफलतापर्ूवक प्रत्यारोपण गरएि पनि शल्यक्रिया गरएिको ठाउ“मा 'इन्फेक्सन' देखिएकाले उनी खतरामुक्त भने छैनन् ।
तर, कुनै राजनीतिक दलले मात्र होइन, आफ्नै राजावादी सहकर्मीहरूले समेत पुनको अवस्थाप्रति चासो देखाएका छैनन् । सायद चासो देखाउनुपर्ने कारण पनि रहेन । नेपाली राजनीतिमा चा“डै चर्चामा आएर उति नै छिटो हराएका नेताहरूको सूचीमा चढिसकेका छन् पुन पनि । त्यसस“गै जनजाति समुदायबाट प्रथम प्रधानमन्त्री बन्ने धोको पनि तत्काललाई विश्राम लागेको छ ।
टुप्पाबाट फेदीमा आइपुगेको राजनीतिक यात्रा र अत्याशलाग्दो रूपमा बढारएिको आर्थिक स्थितिका कारण पनि नारायणसिंह पुन नराम्ररी थला परेका छन् । तर, उनको महत्त्वाकाङ्क्षा अझै थला परेको रहेनछ । नेपाल समता पार्टर्ीीे अध्यक्ष रहेका पुन ०६३ मङ्सिरमा मुटु रोगले गा“जेर काठमाडौ“को नर्भिक अस्पतालमा 'एन्जिओ प्लास्टी' गराइरहेका थिए, उनकोे स्वास्थ्य खराब हु“दै गएकाले अरू कसैलाई कार्यभार दिने कि भन्ने प्रस्ताव लिएर उनका साथीहरू गए । तर, पुन त्यस्तो प्रस्ताव मान्न तयार भएनन् । उनका एक कार्यकर्ताका अनुसार, त्यतिबेला पुनले भनेका थिए, "मलाई भगवान्ले बचाए ठीकै छ, मरे पार्टर्ीीलएर जाने होइन, त्यसपछि तपाईंहरू नै हुनुहोला ।"
यो बेग्लै कुरा हो कि अध्यक्ष भइरहने पुनको इच्छा एक वर्षछि नै चकनाचुर भयो । गत मङ्सिर २९ गते समता पार्टर्ीीे महाधिवेशनले पुनलाई हटाएर पासाङ गोपर्मालाई अध्यक्ष बनाएको छ । यद्यपि, भूमिकाहीन भए पनि उनलाई पार्टर्ीीे सम्मानित नेताका रूपमा चाहि“ राखिएकै छ ।
उडानबाट राजनीतिमा
पुख्र्यौली थलो गुल्मी भए पनि नारायणसिंह पुन म्याग्दीको शिख गाविसका बासिन्दा हुन् । बाबु बुद्धवीर भारतीय सेनामा काम गर्थे । आमा मीरादेवी नाम अनुसारकै थिइन्, मन्दिरमा बसेर भजन-कर्ीतनमा रम्ने । पोखराको अमरसिंह माविमा पढ्दा उनी त्यहा“को विमानस्थलमा हेलिकप्टर हेरेर टोलाउ“दै आकाशमा उड्ने कल्पना गर्थे रे † देहरादुनको गोरखा मिलिटरी इन्टरकलेजबाट आईएस्सी गरेर काठमाडौ“को त्रिचन्द्र कलेजमा बीएस्सी पढ्ने तयारी गर्दैगर्दा उनले सेनाको सेकेन्ड लेफ्टिनेन्टमा प्रवेश पाए, जसपश्चात् उनको हवाई-कल्पनाले साकार रूप लियो ।
तीनमहिने फौजी तालिममा अब्बल ठहरएि पुन । पा“च महिनापछि बेलायतको स्यान्डहर्स्टस्थित रोयल मिलिटरी एकेडमीबाट अफिसर क्याडेट तालिम लिन पाउने भए । आधावर्षो त्यो कोर्स उनको व्यावसायिक यात्रा अगाडि बढाउन सहयोगी भयो । त्यसपछि भारतीय वायुसेनामा तालिम लिन जानेमा पुनको नाम एक नम्बरमा निस्कियो । पोखरा पढ्दाको उड्ने सपना र सुषुप्त मनोकाङ्क्षा पूरा हुने पथमा हि“ड्न उनले कुनै ढिलाइ गरेनन् । तीनवर्ष तालिम सकेर उनी पर्ूण्ाकालीन पाइलट भए । करबि २४ वर्षसेनाको हेलिकप्टर चलाए ।
पुनले सेनामै छ“दा एउटा संयोगपर्ूण्ा अवसर पाएका थिए । ट्रेकिङ्मा जा“दा आफ्नो छोेरा बेपत्ता भएपछि उनको लास मात्रै ल्याइदिए पनि मागेजति रकम दिने घोषणा गरेका थिए एक अमेरकिीले । तर, पुनले लास होइन, साससहित उद्धार गरििदए । बदलामा उनले कुस्त रकम पाएको सहकर्मीहरूको भनाइ छ ।
०४६ सालपछिको खुला परविेशले पुनको महत्त्वाकाङ्क्षामा राजनीतिलाई पनि जोड्यो । फलस्वरूप ०५० सालमा लेफ्टिनेन्ट कर्र्णोलबाट राजीनामा दिएर होमिए नया“ दौडमा । "बेलाबेलामा उनको मन बतासिन्थ्यो । हामी उनलाई धेरै महत्त्वाकाङ्क्षी नहुन र काममा निरन्तरता दिन अनुरोध गथ्र्यौं," स“गै काम गरेका एक सैनिक अधिकृत सम्झन्छन् ।
साथीभाइको सल्लाहले उनलाई राजनीतिमा हामफाल्नबाट रोकेन । सेनाको जागिरले त अझ सजिलो भयो । किनभने, ०४८ सालको चुनावमा अन्तरमि प्रधानमन्त्री कृष्णप्रसाद भट्टर्राई र गिरजिाप्रसाद कोइरालालाई हेलिकप्टरमा राखेर देश-दौडाहा गराउने अवसर उनैलाई जुरेको थियो । त्यतिबेला पुन सेनाका तर्फाट चुनावका लागि अपनाइएको सुरक्षा योजनाको समूहमा समेत थिए । राजनीतिज्ञहरूलाई उडाउ“दाउडाउ“दै उनीहरूस“ग नजिकिनु अस्वाभाविक थिएन ।
पैसा र प्रधानमन्त्री
"पैसा नहु“दा बच्चामा जुत्ता सिलाए“ । अहिले पैसा छ तर जुत्ताको साटो त लगाउन मिल्दैन नि †" यसरी गफिने पुनका मुख्यतः दुइटा लक्ष्य थिए । पहिलो, छोटो समयमै नेपालको सबभन्दा धनी व्यक्ति भएर देखाउने । दोस्रो, जनजाति समुदायबाट पहिलो प्रधानमन्त्री भएर इतिहास रच्ने । साथीभाइस“ग उनी पटकपटक भन्थे, "दुइ दिन भए पनि प्रधानमन्त्री हुन पाए हुन्थ्यो †"
थोरै पिए पनि लागिहाल्ने पुन कहिलेकाही“ वाइन लि“दै यसो पनि भन्थे, "अहिले पनि मजत्तिको धनी कति नै होलान् र नेपालमा - महाराजाधिराज सरकार -राजा ज्ञानेन्द्र) मात्रै होइबक्सन्छ होला ।" घर चलाउन पत्नीलाई महिनाको एक लाख रुपिया“ दिने गरेको, उनले लगाउने सबै सामान विदेशबाटै आयात गर्ने गरेको धाक पनि दिन चुक्दैन थिए ।
पुनले अन्तर्रर्ााट्रय विमान कम्पनी चलाएर दुइटा ठूला जेट ल्याउने अनि वर्षा एक अर्ब नाफा निकाल्ने हिसाबसमेत बेलाबखत निकाल्ने गरेको चिन्नेहरू सुनाउ“छन् । त्यो रकमको बा“डफा“टचाहि“ यसरी गर्ने भन्थे रे- नाफाको तीन भाग प्रत्येक जिल्लालाई एक करोडका दरले बा“ड्ने अनि बा“की रकमले ऐयासी जीवन बिताउने ।
पैसा नभई राजनीति गर्न सकि“दैन भन्ने धारणा थियो पुनको । तर, राजनीति थाल्दा यथेष्ट पैसा थिएन । त्यसैबेला उनले डाइनेस्टी एयरमा केही प्रतिशत सेयर राखे र त्यस कम्पनीको हेलिकप्टर पनि आफै“ चलाउन थाले । कमाइ हु“दै जा“दा आफै“ हेलिकप्टर किन्ने सोच आयो । र, ०५४ सालमा कर्ण्ााली एयर सुरु गरे । ०५६ सालको निर्वाचनमा म्याग्दीबाट नेपाली काङ्ग्रेसको टिकट पाइहाले । राष्ट्रिय प्रजातन्त्र पार्टर्ीी जगत गौचनलाई झीनो मतले सही, पराजित गरे । र, कृष्णप्रसाद भट्टर्राईको मन्त्रिपरष्िाद्मा संस्कृति, पर्यटन तथा नागरकि उड्डयन सहायकमन्त्रीसमेत बन्न सफल भए । नौ महिना मात्रै सत्तामा रहे पनि त्यस अवसरलाई ढिलो नगरी व्यापार प्रवर्द्धनमा लगाए उनले ।
पुनले राजनीतिमा पनि व्यापारकि दाउपेच चलाए । डाइनेस्टी एयरबाट आफ्नै कर्ण्ााली एयर सुरु गरेजस्तै काङ्ग्रेसबाट अलग्गिएर आफ्नै अध्यक्षतामा नेपाल समता पार्टर्ीीोल्न पुगे । त्यसका निम्ति उनले ०५९ जेठमा संसद् विघटन भएको र काङ्ग्रेस फुटेको बेलालाई छानेका थिए । काङ्ग्रेसमा छ“दै राजाको दर्शनभेटमा जाने गरेका पुनले सम्भवतः आफ्नै पार्टर्ीीएमा राजनीतिमा चा“डै उक्लिन सकिने ठाने । यस्तै सारथिहरूको साथ लिएर सत्ता-रथ चलाउने राजा ज्ञानेन्द्रको महत्त्वाकाङ्क्षाले पनि पुनलाई प्रोत्साहित नै गर्‍यो ।
समता पार्टर्ीीठन गर्नासाथ हेलिकप्टर दौडाहाबाटै ६५ जिल्लामा एकाइहरू खडा गरएि । सो पार्टर्ीी एक पदाधिकारीका अनुसार त्यसबेला पुनले जिल्लाका अगुवा कार्यकर्तालाई प्रभाव हेरीकन २० देखि ५० हजारसम्म रकम बा“डेका थिए । आफ्ना हेलिकप्टर माओवादीस“ग युद्ध लडिरहेको सेनाले भाडामा लिइदि“दा पुनलाई पैसाको खा“चो पनि परेन ।
०५९ चैतमा समता पार्टीद्धारा आयोजित पहिलो सभामा बबिशेखर नाम गरेका एक अमेरकिी व्यापारी पनि मञ्चमा देखिए देखिए । ती कसरी त्यहा“ आए र कुन हैसियतमा मञ्चमा पुगे भन्नेबारेमा अन्य नेताहरूलाई समेत जानकारी थिएन । उनी पुनको 'निजी' निम्तोमा त्यहा“ आएका थिए । र, कतिपयको बुझाइमा पुनका अदृश्य सहयोगीहरूमध्ये थिए । त्यस सभामा विभिन्न जिल्लाबाट ३ सय ७५ वटा बस 'रजिर्भ' गरेर मान्छे ल्याउनुका साथै हेलिकप्टरबाट पुष्पवृष्टि गरएिको थियो ।
ऐन मौकामा राजालाई देखाउन मिल्ने पार्टर्ीीुनको हातमा थियो । मूलधारका पार्टीलाई पाखा लगाएर शासन चलाउने राजा ज्ञानेन्द्रको योजनालाई सफल पार्न उनले पनि सहयोग गरे । ०५९ असोज १८ गतेको शाही कदमपछि लोकेन्द्रबहादुर चन्दको सरकारमा उनी आवास तथा भौतिक योजनामन्त्री बन्न पुगे । त्यहा“ छ“दा चाहेका ठाउ“मा योजना पुर्‍याउन सजिलो भयो । "यसैको उदाहरण हो, म्याग्दीमा पानी, सडक र बत्तीको व्यवस्था," समता पार्टी एक केन्द्रीय सदस्य बताउ“छन् ।
केही समय राजनीति र व्यापार दुवैलाई स“गस“गै लगे पनि उनले व्यापारमा चाहि“ क्रमिक रूपमा नोक्सानी बेहोर्दै गए । सेनाले उनको हेलिकप्टर यदाकदा मात्र भाडामा लिन थालेपछि त झनै गाह्रो भयो । विस्तारै कर्ण्ााली एयर जर्जर अवस्थामा पुग्यो । त्यसमा ब्रुनाईका लाहुरेहरूको करबि ५० करोड रुपिया“ लगानी थियो । त्यो पैसा डुबेपछि अहिले पनि ती लाहुरेहरू पुनलाई खोज्दै समता पार्टी कार्यालयमा आउने गरेको स्रोत उल्लेख गर्छ । हिमालयन ब्याङ्कमा पनि कर्ण्ााली एयरका नाममा करबि ५० लाख ऋण रहेको ब्याङ्क स्रोतले जानकारी दिएको छ । बलबहादुर पुन नामका व्यक्तिस“ग जलविद्युत् योजना सञ्चालन गर्न लिएको 'केही' करोड पनि त्यत्तिकै डुबेको निकटस्थहरू बताउ“छन् । पुनस“गको व्यापार नफस्टाएकै कारण बलबहादुरले ठमेलको सेन्टर प्वाइन्ट नामक होटल बेच्नुपरेको थियो । परण्िााम के भयो भने पुनले व्यापारमा मात्र धक्का बेहोरेनन्, शाही आड र पैसाका बलमा चलाउन खोजेको पार्टी धराशयी भयो ।
सेनास“ग शीतयुद्ध
नेपाली सेनाका एक जर्नेलका अनुसार चन्द प्रधानमन्त्री भएका बेला माओवादीस“ग वार्ता गर्ने विषयमा बैठक भइरहेको थियो । सेनाका तर्फाट वर्तमान प्रधानसेनापति रुक्माङ्गद कटवाल उपस्थित थिए । पुनले कटवालस“ग 'सेनाका जर्नेलले राजनीतिक द्वन्द्व बुझ्न सक्दैनन्' भन्ने आशयमा आफ्नो भनाइ राखे । कटवालले झोक्कि“दै प्रत्रि्रश्न गरे, "द्वन्द्व व्यवस्थापनमा तपाईंको अध्ययनचाहि“ के हो - कहा“बाट कति तालिम लिनुभएको छ -" त्यो बाझाबाझले कटवाल र पुनबीच मनमुटाव सुरु भयो ।
सेनामा आफूभन्दा कनिष्ठ रहेका व्यक्तिलाई मन्त्री बनेपछि सलाम ठोक्नुपर्दा जर्नेलहरूको 'इगो'मा ठेस लागेको त छ“दैथ्यो, त्यसमाथि ठूलो लगानी गरेर विदेशमा प्राविधिक तालिम लिन पठाइएको व्यक्तिले बीचैमा राजीनामा गरेर निजी व्यवसाय थालेकामा उनीप्रति सेनाको संस्थागत असन्तुष्टि पनि थियो । कतिपय सैन्य अधिकारीले त 'गद्दारी' गरेको उग्र-आरोपसमेत लगाउ“थे ।
सैन्य असन्तुष्टिका बाबजुद ०५९ सालमा नेकपा माओवादी र राज्यबीच वार्ताको वातावरण तयार पार्न राजा ज्ञानेन्द्रले पुनलाई नै जिम्मेवारी दिए । त्यसमा 'पुल'को काम गरेका थिए, राजाका तत्कालीन सैनिक सचिव विवेकविक्रम शाहले । शाहलाई 'दाइ' भन्ने पुन अरू विषयमा पनि उनीस“ग सल्लाह लिने गर्छन् । उनीहरूबीच सेनामा हु“दैदेखि निकट सम्बन्ध रहेको हो ।
सरकारी वार्ता टोलीको पहिले संयोजक र पछि सदस्य रहेका पुनले सेना ब्यारेकबाट पा“च किलोमिटरको परििधबाहिर निस्कन नपाउने निर्ण्र्ााभएको पत्रकार सम्मेलनमार्फ र्सार्वजनिक गरििदए । सेनास“ग फेर ि'टकराव' परहिाल्यो । सैनिक मुख्यालयले त्यस्तो निर्ण्र्ााआफूलाई मान्य नहुने अभिव्यक्ति मात्र दिएन, त्यो विवादका कारण वार्ता प्रक्रिया नै विफल भयो । व्यक्तिगत खतरा महसुस गरेर पुन देशबाटै बेपत्ता भए । त्यही“बाट नजानि“दो गरी राजनीतिमा पुनका दर्ुर्दिनहरू सुरु भए ।
त्यतिबेला वार्ताको वातावरण बनाउन सहजकर्ताहरूस“गको भेटघाट र वार्ता टोली होटल शङ्करमा बसेको समयकोे ४० लाख रुपिया“को बिल अझै तिरएिको छैन । प्रवक्ताका रूपमा हिसाबकिताबको जिम्मा पुनले लिएकाले राज्यबाट लिएको रकम आफै“ खर्च गरेको समता पार्टी पदाधिकारीको भनाइ छ । पुनले राज्यबाट कति रकम लिएका थिए भन्नेचाहि“ खुल्न सकेन ।
बेलायततिर गुप्तवास बसेका पुन केही अनुकूलता देखेपछि स्वदेश फर्किए । राजाले त पत्याइरहेकै थिए । ०६१ माघमा सत्ताको सा“चो आफ्नो हातमा लिएपछि उनले पुनलाई भूमिसुधार तथा व्यवस्थामन्त्री बनाए । तर, सेनाको उच्च तह अझै सकारात्मक थिएन । त्यही वर्षमाओवादीको औषधि बोकेको आरोपमा कर्ण्ााली एयरको हेलिकप्टर सेनाले 'ग्राउन्डेड' गरििदयो नेपालगन्जमा । करबि एक वर्षहेलिकप्टर नउडेपछि व्यवसाय झनै चौपट भयो ।
कर्ण्ााली एयरको अर्को हेलिकप्टर उड्न लाग्दा त्रिभुवन विमानस्थलमै दर्ुघटनाग्रस्त भयो । उक्त एमआई-१७ हेलिकप्टर रूसी पाइलटको गल्तीका कारण दर्ुघटना भएकाले पुनले बिमा रकम पाएनन् । पुन संलग्न वार्ता विफल भएपछि अर्को हेलिकप्टरलाई माओवादीले आगो लगाइदिइसकेका थिए । अहिले उनीस“ग दुइटा नौ सीटे कावासाकी हेलिकप्टर मात्र बा“की छन् । तर, ती पनि ऋणमुक्त छैनन् ।
चार वर्षघि पार्टी कार्यालय स्थापनाका लागि सामाखुसी चोकमा १ करोड २० लाख रुपिया“मा घर किनेका थिए पुनले । त्यो दुइ करोडमा बेचिसकेका छन् । त्यसअघि र्सार्क महासचिवले आवासीय भवनका रूपमा प्रयोग गर्ने महाराजगन्जको घर पनि उनले चार करोडमा बेचिसकेका छन् । उपचारका निम्ति पैसा जुटाउन पोखराको घर पनि भर्खरै बेचिएको छ । अब धुम्बाराहीको एउटा घर मात्रै बा“की छ, जहा“ उनका सासु-ससुरा बस्छन् । अनि, ज्वाइ“ नारायणसिंह पुनचाहि“ अधुरो सपना लिएर दिल्लीको अस्पतालमा दिन काटिरहेका छन् । महिला, मोटर र मस्ती †
चिन्नेजान्नेहरूका अनुसार, नारायणसिंह पुनका धेरै शोखहरूमध्ये पहिलो थियो, धेरै पत्नी बनाउनु । उनका वैधानिक पत्नीहरू नै पा“च जना रहेका छन् । पुनले माइली दर्ुगाबाहेक अरूस“ग औपचारकि सम्वन्धविच्छेद गरेका छैनन् । पुनको पहिलो विवाह सेनामा छ“दै एक नर्सस“ग भएको थियो, जो अझै उनको सामीप्यमा छिन् । पा“चौ“ पत्नी सविना र्राईचाहि“ पुनभन्दा २८ वर्षकान्छी छन् । सविना माइली पत्नी दुगातर्फी छोरीको ब्रिटिस स्कुल पढ्दाताकाकी सहपाठी हुन् ।
कुरो ०५२ सालको हो । पकेट खर्च लिन साथी लिएर आएकी ती छोरीलाई पुनले एक लाख रुपिया“ दिए र उनकी सहपाठी सविनालाई ५० हजार । पार्टीसहकर्मीहरुलाई पुन स्वयम्ले बताए अनुसार त्यसपछि सविनास“ग उनको भेटघाट बाक्लियो । अन्ततः एकदिन होटल एभरेस्टको पा“चौ“ तलामा रहेको रेस्टुरा“मा आफूस“ग बिहे नगर्ने भए त्यही“बाट हाम फालेर आत्महत्या गर्ने धम्कीसमेत दिए । किशोरवय पार गर्दै रहेकी सविनाले ४७ बर्षिय 'बूढा'को पागलपन स्वीकारनि् । सविनाका बाबु सन्तोषकुमार र्राई अवकाशप्राप्त बेलायती सैनिक हुन् । अहिले उनले नै आफ्ना ज्वाइ“को बचेखुचेको व्यापार हर्ेर्दैछन् । सविनातिरका १० वर्ष छोरा ब्रिटिस गोर्खा एकेडेमीमा पढ्छन् ।
महिलापछि पुनको शोख मोटरमा थियो । उनीस“ग दुइटा मर्सिडिज बेञ्च कार, दुइटा पजेरो, बलेरो, जिप्सी र भ्यान गरी सातवटा गाडी थिए । त्यसको पनि 'मर्यादाक्रम' थियो । एक निकटस्थका भनाइमा, अमेरकिी राजदूतस“गको भेटघाट या दूतावास जानुपर्‍यो भने उनी १ करोड २० लाख रुपिया“ पर्ने मर्सिडिजमा सवार हुन्थे । बेलायती राजदूत वा अरू युरोपेली राष्ट्रका राजदूतलाई भेट्न जानुपर्‍यो भने ८० लाख रुपिया“को मर्सिडिज प्रयोग गर्थे । उपत्यकाबाहिर जानुपर्‍यो भने सेतो पजेरो लैजान्थे । श्रीमती सविनास“ग बाहिर जा“दा नीलो पजेरोको पालो आउ“थ्यो । अरू सवारी साधनचाहि“ पार्टीमा प्रयोग हुन्थे । तर, अहिले उनीस“ग एउटा मोटर मात्र बा“की छ ।

सरकार र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीचको वार्ता भंग


सरकार र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीचको वार्ता भंग / वार्ता भंग भएको गुप्ताको दाबी

सरकार र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीचको वार्ता भंग भएको मधेसी जनअधिकार फोरमका सहसंयोजक जेपी गुप्ताले दावी गर्नु भएको छ । आज राजधानीमा आयोजीत पत्रकार सम्मेलनमा बोल्दै गुप्ताले आफूहरुको मागप्रति सरकार गम्भीर नभएकाले वार्ता भंग भएको घोषणा गर्नुभएको हो । मोर्चा र सरकारबीच जारी वार्ता भंग भइसकेको बताउँदै गुप्ताले हामीले लचकता प्रस्तुत गरेपनि सरकारले माग पूरा गर्नेतर्फ गम्भीरता नदेखाएपछि वार्ता भंग गर्न वाध्य भएको बताउनु भयो ।
आत्मनिर्णयको अधिकार सरकारलाई आपत्ती भए सारमा त्यस्तै आशयको शब्द प्रस्तुत गरी एक मधेश एक प्रदेशको ग्यारेन्टी गर्न भन्दा पनि सरकारले अस्वीकार गरेको बताउनुभयो । स्वायत्त राज्यको ग्यारेन्टी गर्न अन्तरिम संविधानमा अध्यादेशमार्फत भएपनि सम्बोधन गर्न भन्दा सात दलका नेताले हस्ताक्षर गर्ने या प्रधानमन्त्रीले त्यसलाई देशवासीका नाममा सम्बोधन गर्ने भनिएपछि सरकार आफूहरुको छ बुंदे मागप्रति गम्भीर छैन भन्ने देखिएको गुप्ताको आरोप थियो । गुप्ताले आफूहरुले पूर्ण समानुपातिक निर्वाचन प्रणाली, जनगणना, संसद बिघटन, वर्तमान सरकार बिघटनलगायतका माग छाडी लचकताका साथ प्रस्तुत हुंदा पनि कमजोरी ठानिएको बताउनुभयो । उहांले जर्बजस्ती चुनाव गर्न खोजे गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिदै चुनावमा भाग नलिने स्पष्ट पार्नुभयो ।
भारतीय राजदूतावासमा आफूहरुको आग्रहमा नभई प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको आग्रहमा वार्ता भएको खुलासा गर्नुभयो । राजदूतावासमा वार्ता गर्ने परिस्थिति प्रधानमन्त्रीकै कारण सृजना भएको गुप्ताको भनाई थियो । राष्ट्रिय जनशक्ति पार्टीका सहअध्यक्ष डा।प्रकाशचन्द्र लोहनी सबैलाई सहभागी नगर्राई चुनाव गर्न खोजे मुलुक बिखण्डन हुनसक्ने खतरा औल्याउनुभयो । आफूहरु चुनावविरोधी नभएको दाबी गर्दै भन्नुभयो, मूल कुरा सबैलाई सहभागी गराउनुपर्छ भन्ने हो । चुनावले समस्या समाधान हुन्छ भन्ने ग्यारेन्टी नभएको बताउनुभयो । केन्यामा चुनावका कारण हिंसा भड्किएको उल्लेख गर्दै नेपालमा पनि त्यस्तै परिणाम आउनसक्ने बताउनुभयो । एक मधेश एक प्रदेशको मागप्रति राजपाको धारणा के छ भनी सोध्दा लोहनीको भनाई थियो, सबैले सबै किसिमका माग राख्न सक्छन्, मूल कुरा संविधानसभामा कसरी सबैलाई सहभागी गराउने भन्ने विषय हो । नेकपा माओवादीका डेपुटी कमाण्डर वर्षमान पुन अनन्तले एक मधेश एक प्रदेशको टुंगो संविधानसभाले मात्र लगाउनसक्ने बताउनुभयो । आफूहरु आत्मनिर्णयको अधिकारसहित स्वायत्त प्रदेशको पक्षमा रहेको स्पष्ट पार्दै कस्तो प्रदेश बन्ने भन्ने कुरा जनताको मतले मात्र टुंगो लगाउन सक्ने बताउनुभयो । उहांले चुनौती दिदै भन्नुभयो, एक मधेश एक प्रदेशका पक्षधरले चुनावबाट त्यसका विरोधीलाई बर्डार्न सकुन् ।
विगतमा आफूहरुले आत्मनिर्णयको अधिकारसहित जातीय, क्षेत्रीय, भाषिक आधारमा स्वायत्त प्रदेश बन्नुपर्छ भन्दा बिखण्डनकारीको आरोप लगाउनेहरु मधेश आन्दोलनको प्रवक्ता बनेको देख्दा आश्चर्यचकित भएको बताउनुभयो । उहांले भन्नुभयो,'जनतालाई अधिकारसम्पन्न बनाउने विषय उठाउदा हामीलाई बिखण्डनकारी र तानाशाही भन्नेहरु आज मधेश आन्दोलनका प्रवक्ता भएका छन् ।' चैत २८ गते चुनाव हुनैपर्ने बताउदै चुनाव बिथोल्न खोज्ने इतिहासमै कलंकित हुने चेतावनी दिनुभयो ।