मधेसको अधिकारको माग गर्दै १० दिनदेखी मधेस बन्द गराएका मधेसी दलका नेताहरु आखिर किन गए भारतीय दुतावासको शरणमा ?
- मधेसको अधिकारको माग गर्दै १० दिमधेसको अधिकारको माग गर्दै १० दिनदेखी मधेस बन्द गराएका मधेसी दलका नेताहरु आखिर किन गए भारतीय दुतावासको शरणमा ? नदेखी मधेस बन्द गराएका मधेसी दलका नेताहरु आखिर किन गए भारतीय दुतावासको शरणमा ?
- नेपाली कांग्रेसका नेता र मधेसी नेताहरु मात्र किन वार्तामा ?
- भारतिय अधिकारीहरुको आडमा के प्रस्ताव ल्याएका छन मधेसी दलका नेताले ?
- के मधेसको आन्दोलन अधिकारका लागि नै हो त ?
केही दिनदेखी संचारमाध्ययमा एक समाचारले बढो प्राथमिकता पाएको छ । मधेसको समस्या समाधानका लागि नेपालमा रहेको भारतिय दुतावासमा नेपाली कांग्रेस र मधेसका नेताहरु भारतिय अधिकारीको रोहवरमा वार्ता गरिरहेका छन ।
अचम्म । समस्या नेपालको समाधान भारतिय राजदुतावासभित्र खोिजंदै छ । विचार मधेसी जनताको अधिकारका लागि लडेको दावी गर्ने नेताहरु कत्ति लाचार रहेछन । उनीहरुले सबैका सामु प्रष्टै पारे आखिर उनीहरुको गुरु चै को हो भनेर ।
मधेसी नेताहरुका लागि अब शुरक्षित स्थान भनेको भारत मात्र रहेछ भन्ने यसको प्रमाण हो । बाहिर भयो न के हो के हो । बार्गेनिगं गर्न पनि नसक्ने । कमसेकम दुतावास भित्र भएपछि त अन्य दलका नेतालाइ गलाउन पनि सकिन्छ । त्यस्तै परे देश टुक्राएर भारतमा विलय गराउने चेतावनी पनि दिन सकिन्छ ।
मधेसको समस्या समाधान गराएवापत भारतले के पाउने त्यसको हिसाव किताव पनि सहजै गर्न सकिन्छ दुतावास भित्र गयो भने । यदी हैन समस्या समाधानको पहल हो भने किन दुतावास नै रोजियो वार्ताका लागि ?
अनी विचरा नेताहरु मधेसका नेताले जता भन्यो त्यतै लुरुलुरु जान बाध्य छन । मधेसका नेताहरु भारतको आडमा छाति फुलाएर बसिरहेका छन अनी कांग्रेसका महेश आचार्यशेखर कोइराला र अमोद उपाध्याय निरिह बनेर हां जी हां जी भन्न बाध्य छन । सोच्दै दिमाग तिल्मीलाउंछ । िदंगदिगं लाग्छ । अनी कहिले कांही यस्तो निरिह नेताहरु भएको देशमा जन्म लिएकोमा आफैलाइ धिक्कार्न मन लाग्छ । पटक पटक मनले भन्छ-थुक्क म ।
यसले देखाउंछ तराइमा भइरहेको अशान्तीको पछाडि को रहेछ भन्ने । भारतले मधेस समस्या समाधानका बारेमा कुरा उठ्यो कि आफुलाइ अलग राख्ने प्रयासमा सधै लागिरहेको नै हो । तर अन्तमा यदी भारतले चाहने हो भने मधेसको समस्या सहजै समाधान हुने रहेछ भन्ने पनि यसले देखाएको नै हो ।नत्र किन भारतिय पक्षको रोहवरमा भारतिय एम्बेसी भित्र नेपालको समस्या समाधानको बाटो खोजिन्छ त्यो पनि केभि राजन एसडि मुनि जस्ता खुंखार भारतियहरुको प्रत्यक्ष निर्देशनमा ?के यसले स्पष्ट हुन्न अहिले मधेसको अधिकारको नारा अलापीरहेका महन्थ ठाकुर उपेन्द्र यादव र राजेन्द् महतोहरु प्रत्यक्ष रुपमा भारतको एजेन्टको रुपमा राजनीतिक नाराको भरमा नेपालको सार्वभौमसत्ताको दलाली गरिरहेको ? के यही हो उनीहरुको अधिकार ?
बढो दुःखलाग्दो अवस्था छ । तराइ बलिरहेको छ । अत्यावश्यक सामागि्रको अभावमा सामान्य नागरिकको मनभित्र पनि विद्रोहको विउ झांगिदै गइरहेको छ । त्यो विद्रोह झिल्कोको प्रतिक्षामा छ । कसैले झिल्को लगाइदियो भने यस अगाडि भएका सबै आन्दोलन विर्साउने छ । अनी यसको जस कुनै दलको मण्डलीले नपाउने निश्चित छ नै ।
Posted in केपिको तिर
1 comment:
Hey,
I was browsing nepalese blogs from www.blogger.com when I reached your blog. Nice blog!
I am also a Nepalese and run a blog. My blog can be reached at www.beginearning.com
Will you be kind enough to visit my blog at www.beginearning.com. If you don't like it, I won't bother you next time.
If you want to exchange links with my blog, send me a message from the "Contact" section in my blog.
Thanks,
Ghatozkat
Post a Comment